सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन- क्रिकेटको गरिमा घटायो « Khabarhub

सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन- क्रिकेटको गरिमा घटायो


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेकपा एमालेका सांसद भीम आचार्यले संसदमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेकोप्रति खण्डन गरेको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद् र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन् । उनले हुँदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको बताएका छन् ।

उनले क्रिकेटको नाममा राजनीति गर्न खोज्नेहरूले नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको समेत आरोप लगाएका छन् ।

सांसद आचार्यले जेठ ३० गतेको प्रतिनिधि सभामा ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको बताउँदै छानबिन समितिको माग गरेका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ६ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार