सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन- क्रिकेटको गरिमा घटायो | Khabarhub Khabarhub

सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन- क्रिकेटको गरिमा घटायो


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेकपा एमालेका सांसद भीम आचार्यले संसदमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेकोप्रति खण्डन गरेको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद् र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन् । उनले हुँदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको बताएका छन् ।

उनले क्रिकेटको नाममा राजनीति गर्न खोज्नेहरूले नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको समेत आरोप लगाएका छन् ।

सांसद आचार्यले जेठ ३० गतेको प्रतिनिधि सभामा ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको बताउँदै छानबिन समितिको माग गरेका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ६ : २९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग