कांग्रेस सांसदको प्रस्ताव – नयाँ संसद्‍ भवन परिसरमा मदिराको बार खोलौँ « Khabarhub

कांग्रेस सांसदको प्रस्ताव – नयाँ संसद्‍ भवन परिसरमा मदिराको बार खोलौँ


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न अभिव्यक्तिका कारण विवादमा आइरहने नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सिंहदरबारभित्रको नयाँ संसद् भवनमा मदिराको बार बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधनका क्रममा उनले विदेशी पाहुनाहरू आउँदा ‘सोसेलाइजेसन’ गर्न नयाँ संसद् भवनमा मदिरा बार बनाउनुपर्ने बताएका हुन् ।

‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको कार्यालय पुगेको थिएँ। कंग्रेस र सिनेटको कार्यालय घुमेँ। सिनेटमा पाहुनाका रुपमा पुग्ने पर्यटकका लागि बार बनाइएको रहेछ’, उनले भने, ‘उनीहरू त्यो बारमा ‘सोसलाइजेसन’ गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ । त्यसको सीमितता हुन्छ। हहिले सिंहदरबारमा बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा ‘सोसलाइजेसन’ गर्ने बार बनाउने हो कि ? मैले यसबारे सरकारको ध्यानाकर्षण गराएँ ।’

बजागाईंले उक्त बार पर्यटकहरूका लागि पनि उचित हुने तर्क गरे । यसअघि उनले एक टेलिभिजन कार्यक्रममा मदिरा पिएरै अन्तर्वार्ता दिएको भन्दै आलोचना भएको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ६ : २९ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री