गृहमन्त्रीका उपलब्धि- नेता र भीआईपीकहाँ तैनाथ २४१ जना प्रहरी फिर्ता, सिंहदरबार छिर्न ई-गेट प्रणाली | Khabarhub Khabarhub

गृहमन्त्रीका उपलब्धि- नेता र भीआईपीकहाँ तैनाथ २४१ जना प्रहरी फिर्ता, सिंहदरबार छिर्न ई-गेट प्रणाली


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले विभिन्‍न सरकारी सेवासँग राष्ट्रिय परिचयपत्रको अन्तरआवद्धता गर्ने कार्यलाई तीव्रता दिएको बताएका छन् ।

आफ्नो कार्यकालको १०० दिनको उपलब्धि सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लामिछानले सिमकार्ड जारी, सामाजिक सुरक्षा कोषका सेवा, कम्पनी दर्ता तथा नवीकरण, भूमि किनबेच, सवारी साधन दर्ता तथा नवीकरण आदि सेवाका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने व्यवस्था क्रमशः लागु गर्ने स्वीकृति प्राप्त भएको उनले बताए ।

कानूनबमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकार रहेको कार्यालयमा फिर्ता बोलाउन निर्देशन दिएको लामिछानेले जानकारी दिए ।

यसबाट नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बल, नेपाल प्रहरीतर्फ १३४ जना गरी जम्मा २४१ जना व्यक्तिगत सुरक्षाकर्मी फिर्ता भएको उनले जानकारी दिए ।

उनले विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ स्वीकृत भई कार्यान्वयनमा गएको बताए ।

त्यस्तै सशस्त्र द्वन्द्वमा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनवरालोकन कार्यविधि, २०७४ को संशोधनका लागि मस्यौदा तयार गर्न कार्यदल गठन गरी काम उनले बताए ।

अब नागरिकले आफ्ना समस्या सिधै गृहमन्त्रीलाई भन्न पाउने गरि व्यवस्था गरिएको पनि उनले जानकारी दिए । त्यस्तै नागरिकका लागि सिंहदरबार प्रवेश सहज गर्न इ–गेटप्रणाली आरम्भ गरिएको लामिछानेले बताए ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालबीच सहमति भइ आन्दोलन फिर्ता भएको, मृतक आरती साहका परिवारसँग सम्झौता भएको, आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति, लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालबीच सम्बन्धित मन्त्रालयको नेतृत्व तथा गृह मन्त्रालयको सहजीकरणमा वार्ता तथा सम्झौता भई आन्दोलन स्थगित भएको लगायतका उपलब्धि उनले सुनाए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ६ : ४४ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित