एकीकृत समाजवादी गण्डकीमा सबैभन्दा कमजोर, मनाङमा ५ जना मात्रै पार्टी सदस्य « Khabarhub

एकीकृत समाजवादी गण्डकीमा सबैभन्दा कमजोर, मनाङमा ५ जना मात्रै पार्टी सदस्य

महाधिवेशनमा कहाँबाट कति संख्यामा आउँदैछन् प्रतिनिधि ?


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा १८ सय ७८ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन् ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि संख्या  शुक्रबार सार्वजनिक गरिएको हो ।

अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अन्तरपार्टी निर्देशिका (अपानि) जारी गर्दै महाधिवेशन प्रतिनिधि र निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेका हुन् ।

अपानिमा भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७ जना, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३ जना, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२ जना, भारत प्रवास क्षेत्रबाट ८ जना  अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

केन्द्रीय सल्लाहकार परिषद्‌बाट ५ जना, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५ जना, विभिन्न महासंघहरूबाट ८५ जना र जनसंगठनबाट ५६ जना प्रतिनिधि महाधिवेशनमा आउने भएका छन् ।

अपानिमा उल्लेख भएअनुसार केन्द्रीय कमिटीबाट ३४६ जना, केन्द्रीय आयोगहरूबाट १०४ जना, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ जना र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि महाधिवेशनबाट आउँदैछन् ।

महाधिवेशनमा रसुवा र मनाङबाट जम्मा १ जना मात्रै प्रतिनिधि आउने भएका छन् । रसुवामा जम्मा ६३ जना पार्टी संगठित सदस्य छन्  । त्यहीकारण खुल्लातर्फबाट महाधिवेशनमा एकजना सहभागी हुने भएका छन् । हिमालपारिको मनाङमा समाजवादीका ५ जना पार्टी सदस्य छन् । मनाङबाट पनि १ जना मात्रै महाधिवेशन प्रतिनिधि आउने भएका छन् ।

महाधिवेशन मधेश प्रदेशबाट सबैभन्दा धेरै २९६ जना प्रतिनिधि आउने भएका छन् । मधेश प्रदेश अध्यक्ष नेपालको गृह प्रदेश पनि हो । उनले रौतहटबाट चुनाव जितेका छन् । बागमती प्रदेशबाट २०५ जना प्रतिनिधि आउँदैछन् । उता गण्डकीबाट ७० जना मात्रै प्रतिनिधि आउँदैछन् ।

०७८ असारमा एमालेबाट विभाजित भएर साउनमा एकीकृत समाजवादी दर्ता भएको दल हो । समाजवादीले एमालेकै लिगेसीलाई निरन्तरता दिँदै असार १६ देखि २० गतेसम्म १०औँ महाधिवेशन गर्ने भएको हो । समाजवादीले आफ्ना सदस्यको इतिहास पनि एमालेसँगै जोडेर गणना गरेको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ७ : २८ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण