साझेदार मुलुकसँग सहकार्य गर्न तयार छौं : मोदी « Khabarhub

साझेदार मुलुकसँग सहकार्य गर्न तयार छौं : मोदी


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साझेदार मुलुकहरुसँग सहकार्य गर्न आफू सदैव तयार रहेको जनाएका छन् ।

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनबाट तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीले भारत ‘छिमेक प्रथम’ नीतिमा प्रतिबद्ध रहेको पनि बताए । उनले भारतका छिमेकी मुलुकहरुका साथै हिन्द महासागर क्षेत्रमा अवस्थित मुलुकहरुसँगको सहकार्यलाई निरन्तरता दिने बताएका हुन् ।

प्रधानमन्त्री मोदीले मानवीय उत्थानका लागि विश्वका साझेदार मुलुकहरुलाई भारतले उच्च प्राथमिकता दिने समेत उल्लेख गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले साझा चुनौतीको सामना गर्न एवम् साझा हित प्राप्तिका लागि भारतले साझेदारहरुसँगको सहकार्यलाई निरन्तरता दिने उल्लेख गरेका हुन् ।

मोदीको तेस्रो कार्यकालमा भारतको विदेश नीति कस्तो रहला भन्नेबारे विभिन्न आँकलनहरु भइरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ९ : १५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस