साझेदार मुलुकसँग सहकार्य गर्न तयार छौं : मोदी « Khabarhub

साझेदार मुलुकसँग सहकार्य गर्न तयार छौं : मोदी


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साझेदार मुलुकहरुसँग सहकार्य गर्न आफू सदैव तयार रहेको जनाएका छन् ।

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनबाट तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीले भारत ‘छिमेक प्रथम’ नीतिमा प्रतिबद्ध रहेको पनि बताए । उनले भारतका छिमेकी मुलुकहरुका साथै हिन्द महासागर क्षेत्रमा अवस्थित मुलुकहरुसँगको सहकार्यलाई निरन्तरता दिने बताएका हुन् ।

प्रधानमन्त्री मोदीले मानवीय उत्थानका लागि विश्वका साझेदार मुलुकहरुलाई भारतले उच्च प्राथमिकता दिने समेत उल्लेख गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले साझा चुनौतीको सामना गर्न एवम् साझा हित प्राप्तिका लागि भारतले साझेदारहरुसँगको सहकार्यलाई निरन्तरता दिने उल्लेख गरेका हुन् ।

मोदीको तेस्रो कार्यकालमा भारतको विदेश नीति कस्तो रहला भन्नेबारे विभिन्न आँकलनहरु भइरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ९ : १५ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ