सुडानको अल–फाशरमा भएको झडपमा २२० भन्दा बढीको मृत्यु « Khabarhub

सुडानको अल–फाशरमा भएको झडपमा २२० भन्दा बढीको मृत्यु


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

खार्तुम – सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० भन्दा बढीको मृत्यु भएको छ । अल–फाशर अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सको नियन्त्रणबाहिर रहेको डार्फरको अन्तिम सहर हो ।

साथै यो सहर सुडानी सेनाले पूर्व डेपुटी कमान्डर मोहम्मद हमदान डाग्लोको नेतृत्वको आरएसएफविरुद्ध लडिरहेको करिब एक वर्ष लामो युद्धको केन्द्रविन्दु बनेको छ ।

अनिकालको सङ्घारमा रहेको क्षेत्रमा मानवीय सहायताका लागि महत्त्वपूर्ण मानिने सहरका लागि लडाइँ एक महिनाभन्दा लामो भइसकेको छ ।

परोपकारी संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) ले अल–फाशरमा भएको लडाइँमा कम्तीमा दुई सय २६ जना मारिएको र एक हजार चार सय १८ जना घाइते भएको बताएको छ ।

समग्र मृत्यु हुनेको सङ्ख्या अझ बढी रहेको अनुमान गरिएको छ । यद्यपि जारी हवाई आक्रमण, गोलाबारी र स्थल लडाइँका कारण घाइतेहरूले उपचार पाउन सकिरहेका छैनन् ।

एमएसएफका आपत्कालीन कार्यक्रमका प्रमुख मिसेल–ओलिभियर लाचाराइटले भने, “अल–फाशरमा अवस्था अराजक बनेको छ ।”

अवस्था जटिल बन्दा मुख्यरूपमा प्रसूति सुविधा भएको दक्षिणी अस्पताल बन्द हुँदा मानिसहरू साउदी अस्पतालमा उपचार गर्न बाध्य भएका छन् ।

मे १० मा अल–फाशरमा तीव्र लडाइँ सुरु भएपछि आरएसएफले घेराबन्दी गर्दा लाखौँ नागरिक फँसेका छन् । बिहीबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले घेराबन्दी अन्त्य गर्न माग गर्दै प्रस्ताव पारित गरेको छ ।

यसैबीच पश्चिमी डार्फरको राजधानी अल–जेनिनामा १० हजारदेखि १५ हजारको बीचमा ज्यान गएको राष्ट्रसङ्घीय अनुमान छ । राष्ट्रसङ्घका अनुसार सन् २०२३ अप्रिलमा सुडानका सेनाप्रमुख अब्देल फतह अल–बुरहान र डाग्लोको आरएसएफबीच सुरु भएको द्वन्द्वमा हजारौँ मानिसको मृत्यु भएको छ र ९० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सुरक्षा परिषद्को पछिल्लो प्रस्तावमा सुडानमा तत्काल युद्धविराम, निर्बाध मानवीय पहुँच र हतियार प्रतिबन्धको पालना गर्न आह्वान गरिएको छ । यो रमजानसँगै मार्चमा यसअघिको असफल युद्धविरामको आह्वानपछि भएको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ९ : ३९ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार