सुडानको अल–फाशरमा भएको झडपमा २२० भन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

सुडानको अल–फाशरमा भएको झडपमा २२० भन्दा बढीको मृत्यु


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

खार्तुम – सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० भन्दा बढीको मृत्यु भएको छ । अल–फाशर अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सको नियन्त्रणबाहिर रहेको डार्फरको अन्तिम सहर हो ।

साथै यो सहर सुडानी सेनाले पूर्व डेपुटी कमान्डर मोहम्मद हमदान डाग्लोको नेतृत्वको आरएसएफविरुद्ध लडिरहेको करिब एक वर्ष लामो युद्धको केन्द्रविन्दु बनेको छ ।

अनिकालको सङ्घारमा रहेको क्षेत्रमा मानवीय सहायताका लागि महत्त्वपूर्ण मानिने सहरका लागि लडाइँ एक महिनाभन्दा लामो भइसकेको छ ।

परोपकारी संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) ले अल–फाशरमा भएको लडाइँमा कम्तीमा दुई सय २६ जना मारिएको र एक हजार चार सय १८ जना घाइते भएको बताएको छ ।

समग्र मृत्यु हुनेको सङ्ख्या अझ बढी रहेको अनुमान गरिएको छ । यद्यपि जारी हवाई आक्रमण, गोलाबारी र स्थल लडाइँका कारण घाइतेहरूले उपचार पाउन सकिरहेका छैनन् ।

एमएसएफका आपत्कालीन कार्यक्रमका प्रमुख मिसेल–ओलिभियर लाचाराइटले भने, “अल–फाशरमा अवस्था अराजक बनेको छ ।”

अवस्था जटिल बन्दा मुख्यरूपमा प्रसूति सुविधा भएको दक्षिणी अस्पताल बन्द हुँदा मानिसहरू साउदी अस्पतालमा उपचार गर्न बाध्य भएका छन् ।

मे १० मा अल–फाशरमा तीव्र लडाइँ सुरु भएपछि आरएसएफले घेराबन्दी गर्दा लाखौँ नागरिक फँसेका छन् । बिहीबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले घेराबन्दी अन्त्य गर्न माग गर्दै प्रस्ताव पारित गरेको छ ।

यसैबीच पश्चिमी डार्फरको राजधानी अल–जेनिनामा १० हजारदेखि १५ हजारको बीचमा ज्यान गएको राष्ट्रसङ्घीय अनुमान छ । राष्ट्रसङ्घका अनुसार सन् २०२३ अप्रिलमा सुडानका सेनाप्रमुख अब्देल फतह अल–बुरहान र डाग्लोको आरएसएफबीच सुरु भएको द्वन्द्वमा हजारौँ मानिसको मृत्यु भएको छ र ९० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

सुरक्षा परिषद्को पछिल्लो प्रस्तावमा सुडानमा तत्काल युद्धविराम, निर्बाध मानवीय पहुँच र हतियार प्रतिबन्धको पालना गर्न आह्वान गरिएको छ । यो रमजानसँगै मार्चमा यसअघिको असफल युद्धविरामको आह्वानपछि भएको हो ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : ३९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले