सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – चालु आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादनको आकार रु चार खर्ब चार अर्ब २८ करोड र आर्थिक वृद्धिदर तीन दशमलव ४१ प्रतिशत रहने अनुमान छ ।

गत आवमा वृद्धिदर एक दशमलब ५२ प्रतिशत रहेको थियो । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आव २०८०/८१ को गत फागुन महिनासम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आवमा राष्ट्रिय अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब ८४ करोड हुने र आर्थिक वृद्धिदर तीन दशमलब ५४ प्रतिशत हुने अनुमान गरिएको बताए ।

प्रदेश सरकारले प्रदेशसभाको बैठकमा असार १ गते आगामी आव २०८१/८२ को लागि राजस्व र व्ययको अनुमान (बजेट) पेस गर्दै छ । बजेट प्रस्तुत गर्नअघि प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री पालले प्रदेशभित्रका समष्टिगत आर्थिक परिसूचक, खर्चको प्रवृत्ति, सामाजिक विकासका प्रमुख सूचकहरु समावेश गरिएको आव २०८०/८१ को फागुनसम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।

प्रस्तुत आर्थिक सर्वेक्षणमा चालु आवमा राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान सात दशमलब एक प्रतिशत रहने अनुमान गरिएको छ । चालु आवको फागुनसम्ममा औसत उपभोक्ता मुद्रास्फिति चार दशमलब ८२ प्रतिशत र औसत थोक मुद्रास्फिति तीन दशमलब ६९ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा चालु आवमा कृषि क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशस् तीन दशमलव ४२ प्रतिशत र चार दशमलब शून्य नौ प्रतिशत धनात्मक रहने अनुमान गरिएको छ । आव २०७९र८० मा सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहेकोमा चालु आव २०८०र८१ मा उक्त आय एक हजार एक सय ११ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।

चालु आवको गत फागुनसम्म प्रदेश सरकारको कूल आय गत आवको सोही अवधिको तुलनामा १३ दशमलब ५६ प्रतिशतले घटेर रु १७ अर्ब ९९ करोड ४७ लाख पुगेको छ । गत फागुनसम्म सरकारको आन्तरिक राजस्व रु ७६ करोड ६४ लाख, बाँडफाँटबाट प्राप्त राजस्व रु चार अर्ब ८७ करोड ,सङ्घीय अनुदान प्राप्त रु सात अर्ब ७८ करोड ९१ लाख र नगद मौज्दात रु चार अर्ब ४६ करोड दुई लाख गरी कूल आय रु १७ अर्ब ९९ करोड ४७ लाख रहेको छ ।

फागुनसम्म प्रदेश सरकारको कूल खर्च रु सात अर्ब १४ करोड ७३ लाख रहेको छ । जसमध्ये चालु खर्च रु तीन अर्ब ७० करोड २४ लाख र पुँजीगत खर्च रु तीन अर्ब ४४ करोड ४९ लाख रहेको छ । चालु वर्षको फागुनसम्मको सरकारको राजस्वमध्ये कर राजस्व रु ४४ करोड १३ लाख र गैरकर राजस्व रु ३२ करोड ५१ लाख रहेको छ ।

आर्थिक सर्वेक्षणमा चालु वर्षको गत फागुनसम्म प्रदेशका स्थानीय तहको चालु र पुँजीगत गरी कूल रु २३ अर्ब ८८ करोड ३३ लाख खर्च भएको छ । यो अवधिमा स्थानीय तहलाई प्रदेश सरकारले रु १९ करोड ४२ लाख राजस्व बाँडफाँबापत वित्तीय हस्तान्तरण गरेको छ । चालु वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप रु एक खर्ब ३७ अर्ब पुगेको र कर्जा प्रवाह रु एक खर्ब ५३ अर्ब रहेको छ ।

आर्थिक सर्वेक्षणमा चालु वर्षको फागुनसम्म प्रदेशको एक लाख ८० हजार हेक्टरमा धान बाली खेती भएकोमा छ लाख ७४ हजार मेट्रिकटन उत्पादन भएको अनुमान गरिएको छ । यस्तै मकै एक लाख तीन हजार मेट्रिक टन, कोदोे १९ हजार मेट्रिक टन उत्पादन भएको अनुमान छ ।

प्रदेशमा दर्ता भएका एक हजार पाँच सय पाँच ओटा नयाँ उद्योगको कूलस्थिर पुँजी र ९९ करोड र चालु पूँजी रु ८६ करोड ६० लाख रहेको र यी उद्योगबाट चार हजार छ सय २१ रोजगारी सिर्जना हुने, पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि भएकोलगायतका विषय आर्थिक सर्वेक्षणमा समेटिएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : ५४ बजे

‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी

काठमाडौं – बलिउड नायक सलमान खान र अक्षय कुमार अभिनीत

विद्या सक्रिय हुँदा मदनमाथिका आरोप किन उप्काए केपीले ?

काठमाडौँ – प्रमुख सत्तारूढ नेकपा (एमाले) मा दुईलाइन शक्ति सङ्घर्ष

विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्न माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन

काठमाडौं– महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति

प्रतिनिधिसभा : सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सरकार संसद्प्रति जबाफदेही हुनुपर्नेमा जोड

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तह भनौँ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई ‘आधारभूत