व्यास नगरपालिकाको पुनः मतगणना स्थगित « Khabarhub

व्यास नगरपालिकाको पुनः मतगणना स्थगित


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिकाको प्रमुखका पुनःमतगणना स्थगित भएको छ । उच्च अदालत पोखराको फैसलाबमोजिम आगामी असार २ गते पुनःमतगणना हुने भनिएकामा उच्चकै आदेशबमोजिम मतगणना रोकिएको हो ।

यही जेठ १ गते उच्च अदालतले पुनःमतगणना गर्न आदेश दिएको थियो । सो फैसलाविरुद्ध नगरप्रमुख वैकुण्ठ न्यौपानेले यही जेठ २४ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । सो रिट सर्वोच्चमा सुनुवाइ हुन बॉकी छ ।

उक्त सुनुवाइको पेसी आगामी असार २ गतेलाई सरेको छ । यसअघि जेठ २७, २८ र २९ मा हेर्न नभ्याइनेमा परेको थियो ।

सर्वोच्चमा परेको रिट किनारा नलागेसम्म असार २ गतेलाई हुने भनिएको मतगणना स्थगित गरिएको उच्च अदालत पोखरा सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।

नगरप्रमुख न्यौपानेले पुनः मतगणना स्थगितका लागि उच्च अदालतमा समेत निवेदन दर्ता गरेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : ०२ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको