धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति टुंगाउने तयारी « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति टुंगाउने तयारी


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ । अर्थमन्त्रालयबाट प्रस्तुतीकरणका लागि छनोटमा परेका पाँच प्रतिस्पर्धीलाई तयारी अवस्थामा रहन फोन गएसँगै अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्न लागेको हो ।

अर्थमन्त्रालयले प्रस्तुतीकरणका लागि दिन र समय भने तोकेको छैन तर पनि प्रक्रिया अर्को सातासम्म टुंगाउँने तयारी रहेको स्रोतको दाबी छ ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेको तीन सदस्यीय सिफारिस समितिले पाँच प्रतिस्पर्धीबाट मूल्याङ्कनका आधारमा तीन जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । तीन जनाबाट एक जनालाई मन्त्रिपरिषदको बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्ड अध्यक्षका लागि छनोटमा पाँच प्रतिस्पर्धी सन्तोष नारायण श्रेष्ठ, नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाई छन् ।

१०० अंकको मूल्याङकनसम्बन्धी अंकभार अंकभार चार शीर्षकमा विभाजन कायम गरिएको छ । व्यावसायिक कार्ययोजनामा ४० अंक, अन्तरवार्तामा ३० अंक, प्रस्तुतीकरणमा १८ अंक र शैक्षिक योग्यतामा १२ अंकभार कायम गरिएको छ ।

बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन परेको थियो भने समितिले आवेदन दिएका १९ जनामध्ये पाँच जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  १० : २३ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो