विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ : गृहमन्त्री लामिछाने | Khabarhub Khabarhub

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ : गृहमन्त्री लामिछाने


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको र थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको बताए ।

विमानस्थल अध्यागमन कार्यालयको आज निरीक्षण अनुगमन गर्दै उनले अध्यागमनको सेवा सुधारका लागि विगत एक दशकदेखि नै आफ्नो चासो रहेको बताए ।

उनले भने, ‘अध्यागमनमा सुधार भएको छ । थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको छौँ, समितिले तीन महिनामा आफ्नो प्रतिवेदन दिने छ र अध्यागमनमा थप सुधार गर्न मद्दत गर्ने छ ।’

यसैगरी उनले गृह मन्त्रालय नेतृत्वको पटक–पटकको अनुुगमन र निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सुधारका सङ्केतहरु देखा पर्न थालेका दाबी गरे ।

उनले भने, ‘नेपालमा पछिल्लो समय हुँदै गरेको परिवर्तनको आभास अध्यागमनबाटै पाएको छु, अध्यागमन देशको प्रवेशद्वार भएकाले परिर्वतनको आवास पनि द्वारबाटै दिन खोजिएको हो ।’

यसैगरी उनले आफूले कार्यभार ग्रहण गरेको आज एक सय दिनको अवधिमा अध्यागमनमा आएको परिर्वतनले आफूलाई खुसी बनाएको बताए ।

उनले भने, ‘मैले मन्त्रालय सम्हालेको एक सय दिन पुुगेको अवसर पारेर एक सय दिनको सुरुवात यहीँबाट गर्न म अध्यागमन आएको हुँ, तपाईंहरुलाई उत्साह मिलोस् भन्नका लागि म यहाँ आएको हो ।’

असल नियतले राम्रो काम गर्ने कर्मचारीलाई आफ्नो सधैँ साथ रहने उनको भनाइ छ । गृहमन्त्रीसँगै अध्यागमन कार्यालय पुगेका गृह सचिव एकनारायण अर्यालले अध्यागमन कार्यालय नेपाल सरकार र गृह मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

उनले भने, ‘विगतको तुलनामा अध्यागमन कार्यालयमा सुधार भएको अनुुभूति भयो । तर, सोचेअनुसारको सुधार गर्न अझै मेहेनत गर्नुपर्ने छ, सुधार गर्नुपर्ने सन्दर्भमा मन्त्रालयमा छलफल भइरहेको छ ।’

पारदर्शी सेवाका लागि सरकारी सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपर लेस बनाउने योजना अनुसार नै काम भइरहेको गृह सचिव अर्यालले जानकारी गराए । अध्यागमनको सेवा प्रवाहले नै देशमा हुने सेवा प्रवाहलाई झल्काउने भन्दै गृह सचिव अर्यालले दैनिक आठ हजार नागरिक आउने जाने स्थानमा चुस्त दुरुस्त सेवा प्रवाह गर्न समेत निर्देशन दिए ।

गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालसहित अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको टोली आज त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयअनुगमनका लागि पुगेको थियो ।

विमानस्थलस्थित अध्यागमन कार्यालय, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थी, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बराल तथा अन्य निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई पनि सेवा प्रवाह चुस्त दुरुस्त राख्न निर्देशन दिइएको थियो ।

यससँगै छुट्टै पहिचानका लागि अध्यागमन कार्यालयका कर्मचारीलाई तोकिएको पोशाकसमेत आजैदेखि सुरु भएको छ । यसले कर्मचारीलाई उत्पे्ररित गर्नुका साथै सेवाग्राहीका लागिसमेत सहजता प्रदान गर्ने विश्वास गृह मन्त्रालयले लिएको छ ।

विदेशी नागरिकले भेट्ने पहिलो सरकारी कर्मचारीका रुपमा अध्यागमन कर्मचारी रहेको र अध्यागमन सेवा प्रदान गर्ने कर्मचारी पहिचान गर्न सहज बनाउन अध्यामगनका कर्मचारीलाई अलग पहिचान दिन छुट्टै पोसाक प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १० : ४३ बजे

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

काठमाडौं – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

बर्दिया – बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौं – कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष

पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि तयारी पूरा

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा