पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै नेपाल, सुपर आठमा पुग्न जित्नै पर्ने दबाब « Khabarhub

टी–२० विश्वकप

पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै नेपाल, सुपर आठमा पुग्न जित्नै पर्ने दबाब


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले शनिबार बिहान दक्षिण अफ्रिकाको सामना गर्दै छ ।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा शनिबार बिहान नेपाली समय अनुसार ५ः१५ बजे नेपाल र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुने छ । टी–२० क्रिकेटमा नेपाल र दक्षिण अफ्रिकाको यो पहिलो भेट हो ।

प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई खेल जित्नै पर्ने दबाब छ । दक्षिण अफ्रिका भने यसअघि नै सुपर आठमा प्रवेश गरिसकेको छ ।

नेपाल र दक्षिण अफ्रिका विश्वकपको समूह ‘डी’ मा रहेका छन् । यो समूहमा बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स पनि छन् । यी मध्ये श्रीलंका समूह चरणबाटै बाहिरी सकेको छ भने अन्य टोलीको सुपर आठमा पुग्ने सम्भावना कायमै छ ।

दक्षिण अफ्रिका तुलानात्मक रुपमा नेपाल भन्दा बलियो टोली हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १७ औं स्थानमा छ । दक्षिण अफ्रिका भने नेपाल भन्दा दश स्थान माथि सातौं स्थानमा छ ।

यसअघि आफ्नो दोस्रो खेलमा वर्षा बाधक भन्दा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । पहिलो खेलमा भने नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा १०७ रनको चुनौती दिएको नेपाललाई नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १८.४ ओभरमा १०९ बनाएर ६ विकेटले पराजित गरेको थियो।

नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्रलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।

समूह ‘डी’ का तीन खेलमा सबै जितसहित दक्षिण अफ्रिका ६ अंकसहित  शीर्ष स्थानमा छ। चार अंक जोडेकाे बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र श्रीलंकाको एकएक अंक छ ।

नेपालले समूह चरणको अन्तिम खेल असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ।

नेपाली टाेली 

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) , आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ११ : १४ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।