कोपा अमेरिका तेस्रो स्थानको सनसनीपूर्ण भिडन्त : टाइब्रेकरमा उरुग्वे विजयी « Khabarhub

कोपा अमेरिका तेस्रो स्थानको सनसनीपूर्ण भिडन्त : टाइब्रेकरमा उरुग्वे विजयी


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा क्यानडाविरुद्ध उरुग्वे विजयी भएको छ।

निर्धारित समयमा २-२ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा उरुग्वे क्यानडाविरुद्ध ४-३ ले विजयी भएको हो।

रोचक खेलमा सुरुवाती अग्रता लिएको उरुग्वेलाई क्यानडाले उछिनेको थियो। तर ९० मिनेटपछिको थप दुई मिनेटमा उरुग्वेले बराबरी गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्यायो।

खेलको आठ मिनेटमा सुरुवाती अग्रता लिएको उरुग्वेविरुद्ध २२ औं मिनेटमा गोल गर्दै क्यानडाले बराबरी गरेको थियो। उरुग्वेका लागि आठौं मिनेटमा रोड्रिगोले गोल गरे भने क्यानडाका लागि बराबरी गोल २२ औं मिनेटमा इस्माइल कोनेले गरे।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा क्यानडाका जोनाथन डेभिडले गोल गर्दै २-१ को अग्रता बनाएका थिए। तर, ९० मिनेटपछि अतिरिक्त समयको दोस्रो मिनेटमा उरुग्वेका लागि लुइस स्वारेजले गोल गर्दै खेल २-२ बराबरीमा फर्काएका थिए। अतिरिक्त समयको स्वारेजको गोल नै उरुग्वेका लागि बरदान सावित भयो ।

टाइब्रेकरमा क्यानडालाई ४-३ ले पराजित गर्दै उरुग्वे विजयी भएको हो।

सेमिफाइनलमा क्यानाडा अर्जेन्टिनासँग र उरुग्वे कोलम्बियासँग पराजित भएपछि उनीहरुको भेट तेस्रो स्थानका लागि भएको हो।

कोपा अमेरिकाको फाइनल भिडन्त अर्जेन्टिना र कोलम्बियाबिच सोमबार बिहान पौने ६ बजे हुनेछ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ०४ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान