सरकारमा पठाउने मन्त्रीहरुबारे कांग्रेसको कोइराला समूहमा छलफल « Khabarhub

सरकारमा पठाउने मन्त्रीहरुबारे कांग्रेसको कोइराला समूहमा छलफल


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुका बारेमा छलफल गरेका छन् ।

उनले आइतबार आफ्नो समूहका नेताहरुलाई विशालनगरस्थित सम्पर्क कार्यालयमा बोलाएर छलफल गरेका हुन् ।

कोइरालाको सचिवालयले पछिल्लो राजनीतिक अवस्थाको विषयमा विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफल भएको जनाएको छ ।

उक्त छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण्डारी सहभागी थिए ।

कांग्रेसले शनिबारमात्रै कार्यसम्पदन समिति बैठक बोलाएर पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : ५१ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा