अपराह्न ५ बजेपछि ओली प्रधानमन्त्रीमा नियुक्त हुने, शपथ सोमबार « Khabarhub

अपराह्न ५ बजेपछि ओली प्रधानमन्त्रीमा नियुक्त हुने, शपथ सोमबार


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली आज ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति हुँदै छन् ।

उनलाई आइतबार अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालय शीतल निवासले गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न ५ बजेका लागि समय छुट्याएको उनको सचिवालयको भनाइ छ ।

संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन दिएका थिए ।

त्यही अनुसार शुक्रबार साँझ ओलीले देउवासहितको समर्थनमा दाबी पेश गरेका थिए । राष्ट्रपतिले दाबी पेसका लागि आइतबार साँझ ५ बजेसम्मलाई समय सीमा दिएका थिए ।

यस्तै ओलीको शपथ सोमबार बिहान ११ बजेलाई राखिएको पनि राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीसँगै कांग्रेस र एमालेबाट बन्न लागेका अधिकांश मन्त्रीले शपथ लिँदैछन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  २ : ५६ बजे

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको