उपत्यकाबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला « Khabarhub

उपत्यकाबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र आठ वटा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले उपत्यकाको सिंहदरबार, कपन, रामहिटी, गौशाला, नयाँबसपार्क, बालाजु, टोखा, मालिगाउँ, रानीवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालीमाटी, मैतिदेवी र चुनदेवीलगायत विभिन्न स्थानबाट हराएका सवारीसाधन फेला पारेर बुझाइएको जानकारी दिए ।

हराएका सवारीसाधन खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा  फेला परेका प्रहरी उपरीक्षक खड्काले बताए । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा चार सय १७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

अवैध रूपमा नेपाल भित्रिएका १७ सवारीसाधनलाई भन्सार कार्यालयमा बुझाइएको खड्काले जानकारी दिए । ट्राफिकले चालु आवमा सवारीसाधन चोरी गर्ने ४१ जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरीकामा बुझाएको छ ।

सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्ने तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : ०६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार