जाँदाजाँदै रविले भने- अब मेरोबारेमा गहन अनुसन्धान थाल्नुस् | Khabarhub Khabarhub

जाँदाजाँदै रविले भने- अब मेरोबारेमा गहन अनुसन्धान थाल्नुस्

बेचन झा समातिएपछि सत्ता समीकरण फेरिएको दाबी


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिदा भएका छन् । दोस्रो कार्यकाल करिब ४ महिना गृह मन्त्रालयमा बसेर उनी आइतबारदेखि बिदा भएका हुन् ।

उनका लागि गृहमन्त्रालयमा बिदाइ कार्यक्रम पनि आयोजना गरिएको छ । बिदाइका क्रममा आयोजित पत्ररकार सम्मेलनमा लामिछानेले आजैदेखि आफूमाथि अनुसन्धान गर्न सुरक्षा निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।

‘मेरो विषयमा धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ । मैले आजसम्म मेरो विषयमा यो गर्नुस्, त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु’, उनले भने, ‘न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको भएमा मेरोबारेमा गहन अनुसन्धान गर्नुस् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर कांग्रेस-एमाले गठबन्धनको सरकार बन्ने भएपछि लामिछानेले बिदा लिएका हुन् ।

उनले काम गर्ने क्रममा भएका कमजोरीको जिम्मा लिने बताए । उनले आफ्नो कार्यकालमा तीव्रता साथ काम गरेको बताए । ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउँदा शान्ति सुव्यवस्था र अपराध अनुसन्धानमा असर देखिन सक्ने चिन्ता उनले देखाए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बेचन झा पक्राउ परेपछि सत्ता समीकरणमा फेरबदल भएको दाबी गरे ।

सत्ता समीकरणमा फेरबदलसँगै अनुसन्धानका क्रममा रहेका कतिपय मुद्दा प्रभावित भएको उनको भनाइ छ । गृहमन्त्री लामिछानेले सत्ता समीकरणमा फेरबदल आएसँगै सञ्चारकर्मीको पनि कमल लुकेको टिप्पणी गरे ।

‘कतिपय कुराहरु छानविनका क्रममा थिए, कतिपय कुरा बयानका क्रममा थिए, फरार अभियुक्त पक्राउ परेका थिए । अब फरार अभियुक्त पक्राउसँगै कयौं कुरा बाहिर आएका छन् । बाहिर आएका कयौं चिजहरू सरकार परिवर्तनसँग सामसुम देखिन्छ । चाइचुईँ नबोलेको अवस्था छ’, उनले भने, ‘अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तदारुकताका साथ काम गरोस् । कमल झुक्दैन, कलम रोकिँदैन भन्ने मैले सुनेको थिएँ । कलम रोकियो । बेचन झा पक्राउ परे । मन्त्रिपरिषद्‍मा निर्णय गराउँछु भन्ने अडिओ सार्वजनिक भएको छ । त्यहाँ पुष्टि हुने ठाउँ प्रशस्त छन् । तर, भोलि पुष्टि हुँदा, अनुसन्धानको सुई शक्तिकेन्द्र पुग्दा तपाईंहरुको हात नकापोस् ।’

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : १७ बजे

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

काठमाडौं – केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता

कांग्रेस बैठक : पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको

व्यवसाय सुरक्षाका कार्यक्रम तत्काल पारित गर्न सरकारलाई निजी क्षेत्रको आग्रह

काठमाडौं– निजी क्षेत्रले व्यवसाय सुरक्षाका लागि विशेष पहल गर्न आग्रह

‘नेताहरू खराब र भ्रष्ट भए भनेर मात्रै हुँदैन, चुनावबाट बिदा गर्न सक्नुपर्छ’ 

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीले नेपालमा भएको जेन–जी