जाँदाजाँदै रविले भने- अब मेरोबारेमा गहन अनुसन्धान थाल्नुस् « Khabarhub

जाँदाजाँदै रविले भने- अब मेरोबारेमा गहन अनुसन्धान थाल्नुस्

बेचन झा समातिएपछि सत्ता समीकरण फेरिएको दाबी


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिदा भएका छन् । दोस्रो कार्यकाल करिब ४ महिना गृह मन्त्रालयमा बसेर उनी आइतबारदेखि बिदा भएका हुन् ।

उनका लागि गृहमन्त्रालयमा बिदाइ कार्यक्रम पनि आयोजना गरिएको छ । बिदाइका क्रममा आयोजित पत्ररकार सम्मेलनमा लामिछानेले आजैदेखि आफूमाथि अनुसन्धान गर्न सुरक्षा निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।

‘मेरो विषयमा धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ । मैले आजसम्म मेरो विषयमा यो गर्नुस्, त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु’, उनले भने, ‘न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु । तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको भएमा मेरोबारेमा गहन अनुसन्धान गर्नुस् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर कांग्रेस-एमाले गठबन्धनको सरकार बन्ने भएपछि लामिछानेले बिदा लिएका हुन् ।

उनले काम गर्ने क्रममा भएका कमजोरीको जिम्मा लिने बताए । उनले आफ्नो कार्यकालमा तीव्रता साथ काम गरेको बताए । ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउँदा शान्ति सुव्यवस्था र अपराध अनुसन्धानमा असर देखिन सक्ने चिन्ता उनले देखाए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बेचन झा पक्राउ परेपछि सत्ता समीकरणमा फेरबदल भएको दाबी गरे ।

सत्ता समीकरणमा फेरबदलसँगै अनुसन्धानका क्रममा रहेका कतिपय मुद्दा प्रभावित भएको उनको भनाइ छ । गृहमन्त्री लामिछानेले सत्ता समीकरणमा फेरबदल आएसँगै सञ्चारकर्मीको पनि कमल लुकेको टिप्पणी गरे ।

‘कतिपय कुराहरु छानविनका क्रममा थिए, कतिपय कुरा बयानका क्रममा थिए, फरार अभियुक्त पक्राउ परेका थिए । अब फरार अभियुक्त पक्राउसँगै कयौं कुरा बाहिर आएका छन् । बाहिर आएका कयौं चिजहरू सरकार परिवर्तनसँग सामसुम देखिन्छ । चाइचुईँ नबोलेको अवस्था छ’, उनले भने, ‘अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तदारुकताका साथ काम गरोस् । कमल झुक्दैन, कलम रोकिँदैन भन्ने मैले सुनेको थिएँ । कलम रोकियो । बेचन झा पक्राउ परे । मन्त्रिपरिषद्‍मा निर्णय गराउँछु भन्ने अडिओ सार्वजनिक भएको छ । त्यहाँ पुष्टि हुने ठाउँ प्रशस्त छन् । तर, भोलि पुष्टि हुँदा, अनुसन्धानको सुई शक्तिकेन्द्र पुग्दा तपाईंहरुको हात नकापोस् ।’

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : १७ बजे

व्यक्तिगत इच्छा पूरा गर्दा पनि गायक प्रतापलाई गाली !

काठमाडौं – कलाकारहरू सार्वजनिक व्यक्तित्व हुन्, त्यसैले उनीहरूको व्यक्तिगत जीवन

दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक !

काठमाडौं – विशाल भण्डारी निर्देशित ‘कमेडी नाइटविथ च्याम्पियन’को अध्यक्षको भूमिकामा

नेपालको विकास यात्रामा रुसको महत्त्वपूर्ण योगदान छ : वर्षमान पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री वर्षमान

सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत

काठमाडौं- दिल्ली उच्च अदालतले लामो समयदेखि अनसन बसिरहेका भारतका सामाजिक

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका