एकैदिन ५२.९७ अंकले बढ्यो नेप्से, ५ महिनापछि ७ अर्ब बढीको कारोबार « Khabarhub

एकैदिन ५२.९७ अंकले बढ्यो नेप्से, ५ महिनापछि ७ अर्ब बढीको कारोबार


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । करिब ५ महिना पछि ७ अर्ब बढीको कारोबार भएको छ ।

आज एकै दिन ५२.९७ अंकले नेप्से बढेर बजारमा उछाल आएको हो । आइतबार नेप्से २.४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक उच्चतम २२९०.९५ विन्दुसम्म पुगेको थियो । तर पछि फेरी करेक्सन भएर बजार बन्द हुँदा भने २२५७ विन्दु कायम रहयो । नेप्सेको उक्त विन्दु करिब एक वर्ष यताकै सबैभन्दा बढी हो ।

नेप्से बढेसँगै आज कारोबार पनि उछाल आएको छ । आज एकै दिन ७ अर्ब बढीको करोबार भएको छ । जुन करिब ५ महिना यताकै सबैभन्दा बढी हो ।

आज ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । ७ अर्ब बढीको कारोबार २०८० साल माघ ७ गते भएको थियो । उक्त दिन नेप्से २५ अंकले घट्दा ७ अर्ब ६३ करोड २८ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । एकै दिन जीवन बीमा समूह २२०.८५ अंकले बढेर १०९४८.५९ विन्दुमा पुगेको छ । आज २०१ वटा कम्पनीको शेयर मूल्य बढ्दा निर्जीवन बीमा समूह पनि १४०.४८ अंकले बढेर ११२८२.७० विन्दुमा पुगेको छ ।
आइतबार ३६ वटा कम्पनीको शेयर मूल्य घट्दा सबैभन्दा कम म्युचअल फण्डको शेयर मूल्य बढेको छ । म्युचअल फण्ड समूह ०.३४ अंकले बढेर २०.०८ विन्दुमा पुगेको छ ।

आज ३०९ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : २५ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी