बेपत्ता बस र यात्रु खोज्न यसरी खटेका छन् सुरक्षाकर्मी (तस्बिरहरू) « Khabarhub

बेपत्ता बस र यात्रु खोज्न यसरी खटेका छन् सुरक्षाकर्मी (तस्बिरहरू)


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको सिमालतालमा लेदोसहितको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली हराइरहेका दुई यात्रु बसको खोजी आइतबार पनि जारी छ ।

बिहानैदेखि सुरक्षाकर्मीले उद्धार र खोजी अभियानलाई जारी राखेका हुन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आइतबार बिहानदेखि खोजी सुरु गरेका हुन् । नदीमा पानीको सतह केही घटे पनि यात्रु बस अझै भेटिएका छैनन् ।

घटनाको तीन दिनपछि आइतबार भरतपुर महानगरपालिका मेयर रेणु दाहाल सिमलताल पुगिन् ।

नेपाली सेनाको विपद् व्यवस्थापन गण आँपटाडीले समेत घटनास्थलमा ३ जना गोताखोर खटाएर खोजी गरिरहेको छ ।

सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट १० जना गोताखोरसहितका टोलीले चितवनको घुमाउनेबाट खोजी सुरु गरेको छ ।

पानीभित्र क्यामरा पठाएर खोज्ने कार्यसमेत सुरु भएको छ । गरेका छन् । क्यामराको प्रयोगले नदीको २० मिटर तलसम्म हेर्ने सकिने शिक्षालयका सहायक समादेशक जनक पुरीले बताए ।

त्यसैगरी कुरिनटार क्षेत्रका विभिन्न रेशोर्थारुले पनि खोजी तथा उद्धारमा डुङ्गा परिचालन गरेका छन् ।

नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परेर शुक्रबार बिहान दुई यात्रुबस र करिब ६५ जना त्रिशूलीमा खसेका थिए । जसमा तीनजनाले ज्यान जोगाउन सफल भएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : ४३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र