अर्थमन्त्री पुनको बिदाइ, गभर्नर अधिकारी र दुई सचिवले गरे प्रशंसा | Khabarhub Khabarhub

अर्थमन्त्री पुनको बिदाइ, गभर्नर अधिकारी र दुई सचिवले गरे प्रशंसा


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री वर्षमान पुन गौरवका साथ मन्त्रालयबाट बिदा भएको बताएका छन् ।

आइतबार मन्त्री पुनको बिदाइमा आयोजित कार्यक्रममा उनले बजेटमार्फत सूचना प्रविधिसहित केही नयाँ र आशा लाग्दा कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरे ।

‘बजेट धेरै मिहेनत र इमान्दारीताका साथ आएको छ । आइसीटीसहित धेरै विषय राम्रा आएका छन् । यसमा मन्त्रालयले मार्केटिङ गर्नुपर्ने देखेको छु’, उनले भने, ‘मलाई लाग्छ मन्त्रीज्यू मन्त्रालयबाट गौरवका साथ बिदा भइराख्नुभएको छ । सहजता, सौहार्दता र नेतृत्वका लागि आभार छ । मन्त्रीज्यूको सरल व्यवहार र सौहार्दता तारिफ गर्न लायक छ ।’

राजनीतिज्ञको बिदाइमा धेरै गम्भीर हुन जरुरी नरहेको भन्दै उनले यस्ता अवसर फेरि आउन सक्ने औंल्याए ।

चालु आर्थिक वर्षको त्रैमाशि समीक्षा गर्दा मन्त्री पुनले दिएको सुझावलाई राष्ट्रबैंकले अनुशरण गरेको भन्दै त्यसका लागि उनले धन्यवाद दिए ।

विगतमा पनि रकार बाहिर रहँदा पुनले संसदको अर्थसमिति वा अरु प्रक्रियामार्फत अर्थतन्त्रका लागि योगदान दिएको स्मरण गर्दै आगामी दिनमा पनि उनको योगदान रहने विश्वास व्यक्त गरे ।

बिदाइ कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले मन्त्री पुनको शालिन व्यक्तित्व र भद्रपनाको मन्त्रालय परिवार प्रशंसक रहेको उल्लेख गरे ।

कर्मचारीका सुझावलाई विज्ञका सुझावका रुपमा स्वभाविक रुपमा ग्रहण गर्ने र जस्तोसुकै कठिन परिस्तिथिमा पनि नआत्तिने पुनको विशेषता लोभलाग्दो रहेको बताए ।

‘हामी कर्मचारीका सुझावलाई विज्ञका सुझावका रुपमा अत्यन्तै स्वभाविक रुपमा स्वीकार गर्ने बानी छ । जस्तोसुकै परिस्थितिमा पनि नआत्तिने बानी उहाँबाट सिक्नुपर्ने बानी हो’, उनले भने ।

बजेट निर्माणका अन्तिम दिनहरूमा धेरै चापको समयमा समेत मन्त्री पुन मुस्कुराइरहेको देख्दा आफूहरूको हौसला बढेको स्मरण उनले गरे ।

पुनको नेतृत्वमा विश्व बैंक समूहको आइडिए–२१, बैठक, तेश्रो लगानी सम्मेलन र बजेट निर्माण प्रक्रियाको कुशलतापूर्वक नेतृत्व गरेको भन्दै उनले प्रशंसा गरे ।

राजश्वसचिव डा. रामप्रसाद घिमिरेले मन्त्री पुनको कार्यकाल छोटो भए पनि नीतिगत सुधारका कामहरु भएको उल्लेख गरे ।

पुनसँग काम गर्न धेरै सहज अनुभव भएको भन्दै उनले निर्देशनभन्दा बढी सुझाव दिएको जस्तो शैलीमा काम गराउने तरिका मन परेको सुनाए ।

‘उहाँसँग काम गर्दा कहिल्यै दबाबको महसुस भएन’, उनले भने, ‘निर्देशनात्मक भन्दा पनि सुझाव दिने र निर्णय लिनुअघि कर्मचारीसँग परामर्श गर्ने शैली राम्रो रहेछ ।’

मन्त्री पुनमा देशको आवस्यकता र अर्थतन्त्रबारे गहिरो बुझाई रहेको भन्दै आफ्नो अनुभव र क्षमतालाई सरकारबाहिर रहेर पनि मुलुकको हितमा लगाउन सुझाए ।

बिदाइ कार्यक्रममा गभर्नर अधिकारी, सचिवद्वय मरासिनी र घिमिरे, महालेखा परीक्षक विनोद सिंह, मन्त्री पुनका वरिष्ठ आर्थिक सल्लाहकार डा. सूर्यबहादुर थापा, मन्त्रालयका सबै महाशाखा प्रमुख, आन्तरिक राजश्व विगाग र भन्सार विभाग प्रमुखसहित सबै सहसचिव, उपसचिव र शाखा अधिकृतमाथिका सबै कर्मचारी उपस्थित थिए ।

माओवादी केन्द्रका उपमहासचिव पुन २३ फागुन २०८० मा दोश्रोपटक अर्थमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ६ : १४ बजे

प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

काठमाडौं – ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रुपमा संहिताशास्त्री अर्जुनप्रसाद

प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु

जलेश्वर – भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच

डोटीमा आठ करोडको सुन्तला उत्पादन

डोटी – जिल्लामा एक वर्षको अवधिमा रु आठ करोडको सुन्तला

टाइगर कप भलिबलः गण्डकी फाइनलमा

कास्की – टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित महिला तथा

प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे

मोरङ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका