फोहोरको थुप्रोमा आठ महिलाको शव भेटियो « Khabarhub

फोहोरको थुप्रोमा आठ महिलाको शव भेटियो


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नैरोबी– नैरोबीको सुकुम्बासी बस्तीको फोहोर फाल्ने स्थानबाट हालसम्म आठ जनाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।

कार्यवाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमा भने, ‘तिनीहरूलाई टुक्रा–टुक्रा पारिएको, सडेको विभिन्न अवस्थामा बोरामा छोडिएको थियो । ‘

कान्जाका अनुसार पहिलो छ जनाको शव शुक्रबार र अन्य दुई महिलाको शव शनिबार फेला परेको थियो ।

उनले भने, ‘म सबै नागरिकलाई  आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौं ।’

कान्जाले अनुसन्धानमा जनसहयोगका लागि आह्वान गर्दै यस्ता जघन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याउने बताएका छन् ।

गत महिना सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएको थियो भने जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिएका थिए भने कान्जाले यसै साता मात्र पदभार ग्रहण गरेका थिए  ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ६ : २८ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी