‘घर ज्वाइँ’ले दुई दिनमा कमायो डेढ करोड « Khabarhub

‘घर ज्वाइँ’ले दुई दिनमा कमायो डेढ करोड


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदर्शनरत फिल्म ‘घर ज्वाइँ’ले सुरुवाती दुई दिनमा १ करोड ५१ लाखको व्यापार गरेको छ ।

वितरक कम्पनी आरर फिल्मस्ले आइतबार शुक्रबार र शनिबारको ग्रस कलेक्सन संयुक्त रूपमा सार्वजनिक गरेको हो ।

आरर फिल्मस् रोहित कट्टलले भने, ‘प्राविधिक कारण हामीले संयुक्तरुपमा ग्रस कलेक्सन निकालेका हौँ ।’ दयाहाङ राई र मिरुना मगर केन्द्रीय भूमिकामा रहेको यो फिल्मले दर्शकबाट राम्रो साथ पाएको छ ।

शुक्रबारको तुलनामा शनिबार हलमा दर्शकको उपस्थिति बाक्लो थियो । आइतबार पनि अपेक्षितरुपमा दर्शक हलमा पुगेको निर्माण पक्षको दाबी छ ।

पूर्वी रुकुममा छायांकन भएको यो फिल्म मगर समुदायको कथामा आधारित छ । यसमा घर ज्वाइँ बस्दा देखिने उत्तारचढवालाई निर्देशक एवं लेखक अनिल बुढा मगरले कुशल ढंगले पर्दामा उतारेका छन् ।

निर्देशक मगरलाई पटकथा एवं संवाद लेखनमा सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका हुन् ।

जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता जनक घर्ती मगर हुन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ६ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार