बाढीपहिरामा परी एक सय आठ जनाको मृत्यु | Khabarhub Khabarhub

बाढीपहिरामा परी एक सय आठ जनाको मृत्यु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन् ।

यस्तै उक्त घटनामा परेर एक सय १९ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौँ उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र छ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेको बताइएको छ ।

यस्तै, दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय १६ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ७ : ३० बजे

‘स्विङ स्टेट’मा ट्रम्पको पकड, नर्थ क्यारोलिनामा जिते

वासिङ्टन- अमेरिकाका सातवटा ‘स्विङ स्टेट’मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पकड

प्रि ओपन सेसन : दुई अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६

पाँच राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन्

वासिङ्टन- कमला ह्यारिसले एकपछि अर्को तीन राज्यमा जित हासिल गरेकी

तिहारमा ५० करोड बराबरको फूल बिक्री

काठमाडौं– यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार

छठका लागि भारतबाट ५० लाखका केरा आयात

महोत्तरी- महोत्तरीको जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५०