काठमाडौं- प्रधानमन्त्री पदमा नियुक्त भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बधाई दिएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेलगत्तै रञ्जिताले बधाई दिएकी हुन्।
पूर्वमन्त्री श्रेष्ठले अोलीलाई बधाई दिएकी हुन् । रञ्जिता ओली सरकारमा मन्त्री बन्नसक्ने सांसद हुन् । तर उनको दल नागरिक उन्मुक्तिले अरुण चौधरीलाई मन्त्रीमा पठाउने निर्णय गरिसकेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असार २८ मा ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।
प्रतिक्रिया