प्रधानमन्त्री बनेपछि ओलीलाई रञ्जिताको बधाई | Khabarhub Khabarhub

प्रधानमन्त्री बनेपछि ओलीलाई रञ्जिताको बधाई


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पदमा नियुक्त भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बधाई दिएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेलगत्तै रञ्जिताले बधाई दिएकी हुन्।

पूर्वमन्त्री श्रेष्ठले अ‍ोलीलाई बधाई दिएकी हुन् । रञ्जिता ओली सरकारमा मन्त्री बन्नसक्ने सांसद हुन् । तर उनको दल नागरिक उन्मुक्तिले अरुण चौधरीलाई मन्त्रीमा पठाउने निर्णय गरिसकेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असार २८ मा  ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ०९ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक