अफगानिस्तानद्वारा राजधानीमा ९० हजार सिसिटिभी क्यामेरा जडान « Khabarhub

अफगानिस्तानद्वारा राजधानीमा ९० हजार सिसिटिभी क्यामेरा जडान


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको राजधानी काबुलका विभिन्न भागमा सुरक्षा सुनिश्चित गर्न र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न करिब ९० हजार सिसिटिभी क्यामेरा जडान गरिएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए।

स्थानीय टिभी टोलोन्युजले शनिबार राति अधिकारीलाई उद्धृत गर्दै घटना र आपराधिक गतिविधि नियन्त्रण गर्न करिब ६० हजार सिसिटिभी क्यामेरा ६० लाख जनसङ्ख्या भएको सहर काबुलका संवेदनशील क्षेत्र, भीडभाड हुने ठाउँ र चोकमा जडान गरिएको जनाएको छ ।

अधिकारीका अनुसार अफगान कार्यवाहक सरकारको योजना आगामी चार वर्षभित्र युद्धग्रस्त देशका सबै प्रान्त र सहरमा भिडियो निगरानी प्रणाली स्थापना गर्ने रहेको छ ।

काबुल बाहेक, काबुलबाट ५५ किलोमिटर उत्तरमा पर्ने उत्तरी परवान प्रान्तको राजधानी चारिकारको निकास र प्रवेश विन्दुमा पनि क्यामेरा जडान गरिएको छ ।

अधिकारीहरूका अनुसार काबुल र अन्य सहरहरूमा चोरी, डकैती, हत्या र अपहरण जस्ता आपराधिक गतिविधिहरू तीव्ररूपमा कम भएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : १८ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६