अफगानिस्तानद्वारा राजधानीमा ९० हजार सिसिटिभी क्यामेरा जडान « Khabarhub

अफगानिस्तानद्वारा राजधानीमा ९० हजार सिसिटिभी क्यामेरा जडान


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको राजधानी काबुलका विभिन्न भागमा सुरक्षा सुनिश्चित गर्न र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न करिब ९० हजार सिसिटिभी क्यामेरा जडान गरिएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए।

स्थानीय टिभी टोलोन्युजले शनिबार राति अधिकारीलाई उद्धृत गर्दै घटना र आपराधिक गतिविधि नियन्त्रण गर्न करिब ६० हजार सिसिटिभी क्यामेरा ६० लाख जनसङ्ख्या भएको सहर काबुलका संवेदनशील क्षेत्र, भीडभाड हुने ठाउँ र चोकमा जडान गरिएको जनाएको छ ।

अधिकारीका अनुसार अफगान कार्यवाहक सरकारको योजना आगामी चार वर्षभित्र युद्धग्रस्त देशका सबै प्रान्त र सहरमा भिडियो निगरानी प्रणाली स्थापना गर्ने रहेको छ ।

काबुल बाहेक, काबुलबाट ५५ किलोमिटर उत्तरमा पर्ने उत्तरी परवान प्रान्तको राजधानी चारिकारको निकास र प्रवेश विन्दुमा पनि क्यामेरा जडान गरिएको छ ।

अधिकारीहरूका अनुसार काबुल र अन्य सहरहरूमा चोरी, डकैती, हत्या र अपहरण जस्ता आपराधिक गतिविधिहरू तीव्ररूपमा कम भएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : १८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने