कोपा अमेरिकाको फाइनलअगाडि डी मारियाको बिदाइ « Khabarhub

कोपा अमेरिकाको फाइनलअगाडि डी मारियाको बिदाइ


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार बिहान हुने कोपा अमेरिकाको फाइनल अगाडि नै अर्जेन्टिना राष्ट्रिय टोलीले स्टार मिडफिल्डर एन्जेल डी मारियाको बिदाइ गरेको छ।

यसअघि नै अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिने निर्णय गरेका उनलाई अर्जेन्टिनी टोलीले शनिबार रातिको डिनरबाट बिदाइ गरेको हो ।

त्यसक्रममा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले डी मारियालाई बिदाइको जर्सी प्रदान गरेका छन् । त्यसक्रममा उनीहरू दुवैजना भावुक भएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

डि मारियाले गत नोभेम्बरमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका थिए । उनका लागि अब सोमबार कोलम्बियाविरुद्धको फाइलन खेल नै अन्तिम हुने छ ।

नेपाली समयअनुसार सोमबार बिहान फ्लोरिडाको मियामी गार्डेन्समा हुने कोपा अमेरिकाको फाइनल खेलपछि ३६ वर्षीय डी मारियाले सन्यास लिने छन्।

डि मारियाले सन् २००८ मा अर्जेन्टिनी टोलीमा डेब्यु गरेका थिए । उनले १४४ खेलमा ३१ गोल गरेका छन् ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकाको उपाधि जिताएर आफूले सन्न्यास लिन चाहेको उनले बताएका छन् ।

‘यो मेरो अन्तिम खेल हो । म सबै अर्जेन्टिनी र यो पुस्तालाई धन्यवाद दिन चाहन्छु जसले मलाई यति धेरै ट्रफी उचाल्न साथ दिनुभयो,’ उनले भने ।

सोमबार फ्लोरिडाको मियामी गार्डेन्समा हुने फाइनलका कोलम्बियासँगको खेलपछि ३६ वर्षीय डी मारिया बिदा हुनेछन् । उनले सन् २००८ मा अर्जेन्टिनी टोलीमा डेव्यु गरेका थिए ।

अर्जेन्टिनालाई दोस्रो पटक विश्वकप र १५ औँ पटक कोपा अमेरिकाको उपाधि जिताउन कप्तान लिओनल मेसीसँगै डी मारियाले महत्त्वपूर्ण भूमिका खेले ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : २० बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि