प्रधानमन्त्री ओलीले भने : जिम्मेवारी आयो, सफलतापूर्वक पूरा गर्नेछु « Khabarhub

प्रधानमन्त्री ओलीले भने : जिम्मेवारी आयो, सफलतापूर्वक पूरा गर्नेछु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने बताएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चपलीस्थित निवासमा भेटेर निजी निवास बालकोटमा फर्किएपछि उनले यस्तो बताएका हुन् ।

‘मलाई जिम्मेवारी आएको छ, सफलतासाथ पूरा गर्छु,’ उनले भने, ‘यो जिम्मेवारी बहन गर्न गम्भीरतापूर्वक लिएर अघि बढ्छु ।’

ओलीले देशमा अहिले भइरहेको बाढीपहिरोको बिपत्तिबारे तत्कालै समीक्षा गरेर समाधानका उपाय खोज्न पहल गरिने बताएका छन् । बाढीपहिरोको संकटका बेला सरकार फेरबदलमा लागेको भन्दै दलहरूको आलोचना भइरहेको छ।

ओलीलाई आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनले सोमबार शीतल निवासमा शपथ ग्रहण गर्ने तयारी छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ५० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा