प्युठान अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै « Khabarhub

प्युठान अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

प्युठान – प्युठान जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये आधा सम्बन्ध विच्छेदका परेका छन् । जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा दायर भएका सात सय चार मुद्दामध्ये तीन सय ४२ मुद्दा सम्बन्ध विच्छेदका रहेका श्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिए ।

एक सय ८० अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका र चालु आवमा पाँच सय २४ मुद्दा दर्ता भएका थिए । श्रेष्तेदार गौतमकानुसार आव २०७९÷८० मा फस्छ्र्यौट हुन बाँकीबाट ५१ र चालु आवमा दुई सय ९१ गरी तीन सय ४२ सम्बन्ध विच्छेदका मुद्दा परेकोमा दुई सय ६५ फस्छ्र्यौट भएका छन् ।

सम्बन्ध विच्छेदका मुद्दामध्ये सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम मल्लरानी गाउँपालिकाबाट परेका अदालतले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

वार्षिक प्रगति समीक्षा प्रतिवेदनअनुसार आव २०७९र८० मा फस्छ्र्यौट हुन बाँकी एक सय ८० मुद्दा जिम्मेवारी सरी आएकोमा एक सय ६० चालु आवका पाँच सय २४ वटा मुद्दामध्ये तीन सय ४० फछ्र्यौट भएका छन् ।

न्यायाधीश पुनाराम खनालले ६५ प्रतिशतको लक्ष्य राखेकामा ७१ प्रतिशत मुद्दा फस्छ्र्यौट गर्न सफल भइएको र फस्छ्र्यौट हुन बाँकी मुद्दा १८ महिनाभन्दा बढी समयका रहेका बताए । उनले स्थानीय सरकार आएपछि भएका सिफारिसमा कानुनी व्यवधान सिर्जना भएकाले यसलाई सच्याउन ध्यान दिनुपर्नेमा जोड दिए ।

“प्रमाणीकरण, सिफारिस तथा अभिलेखका प्रमाणमा वडा कार्यालय, स्थानीय न्यायिक समितिका पत्र तथा अन्य कागजातले केही प्रकृतिका पीडितलाई न्याय दिलाउन सहयोग पुग्छ तर आफ्नो क्षेत्राधिकारका आधारमा भाषा, कागजात अदालतमा कमै मात्र आएको हुँदा जटिलता देखिएको छ”, न्यायाधीश खनालले भने । उनले समुदायस्तरमा कानुनी सचेतना आवश्यक रहेको र त्यसमा सबै सरोकार भएका निकायले भूमिका खेल्नुपर्ने बताए ।

कार्यालयले यसवर्ष कार्यसम्पादनका आधारमा उत्कृष्ट दुईजना कर्मचारीलाई पुरस्कृत गरेको छ । नायब सुब्बा श्यामलाल चौधरी र कम्प्युटर अपरेटर यशोदा बोहोरालाई जनही रु पाँच हजारसहित सम्मान गरिएको हो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : ४६ बजे

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली