आज यी प्रदेशमा हुनेछ मध्यमदेखि ठूलो वर्षा « Khabarhub

आज यी प्रदेशमा हुनेछ मध्यमदेखि ठूलो वर्षा


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४२ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : २५ बजे

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका