गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका चरा | Khabarhub Khabarhub

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका चरा


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् ।

नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेको सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए ।

मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी तथा रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताए ।

वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको परियोजना अधिकृत पन्थीको भनाइ छ ।

विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र ६ किसिमका चरा पाइन्छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्धगोमायो महाचिल पाइन्छन् ।

रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन् ।

एक सर्वेक्षणअनुसार रेसुङ्गामा दुई सय ६३ र मदानेमा २ सय ८६ प्रजातिका चरा फेला परेका हुन् । मदानेको वन क्षेत्र नौ सय ७५ मिटरदेखि दुई हजार ६९० मिटर र रेसुङ्गा वन क्षेत्र पाँच सय ७५ देखि दुई हजार तीन सय ४५ मिटर उचाइसम्म रहेको छ । वनको क्षेत्रफलको हिसाबले रेसुङ्गा १९ हजार दुई सय ८१ हेक्टर र मदाने १३ हजार सात सय ४३ हेक्टर क्षेत्रफल छ ।

रेसुङ्गा र मदाने संरक्षित वनमा दुर्लभ प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत पन्थीले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख जीवन पङ्गेनी विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षणका लागि सङ्कटापन्न अवस्थामा रहेका चराको बासस्थानलाई जोगाइराख्न स्थानीय पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

नेपाल पक्षी संरक्षण सङ्घले वन क्षेत्रसँग जोडिएका वडामा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमले दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयलाई वनको संरक्षणमा टेवा पुर्याएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ७ : ५१ बजे

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

जाजरकोट– जुनिचाँदे गाउँपालिका-८ पंक बस्ने मन बहादुर थापाको घरमा आइतबार बिहान

सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

राँझा– नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न गृहमन्त्री अर्यालको कर्मचारीलाई निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुप काम गर्न र

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका