पोर्चुगलमा राहदानी घुम्ती सेवा, करिव चार हजार नेपाली लाभान्वित « Khabarhub

पोर्चुगलमा राहदानी घुम्ती सेवा, करिव चार हजार नेपाली लाभान्वित


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोर्चुगलमा नेपाल सरकारले घुम्ती राहदानी शिविर सञ्चालन गरेको छ ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा २ अगस्ट देखि १३ अगस्ट २०२४ सम्म राहदानी नवीकरण घुम्ती सेवा सञ्चालन गरेको हो ।

पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन् । घुम्ती सेवाबाट ३ हजार ८२९ जना नेपालीले राहदानी नवीकरण सेवा लिएका छन् । जसमा १२१ जना नाबालक, ३ हजार ३८० नवीकरण र हराएका ३२८ छन् ।

राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० यूरो (नेपाली ७ करोड २० लाख ११ हजार ५५४ रुपैयाँ) राजश्व सङ्कलन भएको छ ।

घुम्ती सेवाको व्यवस्थापन गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूले सहयोग गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ९ : २७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले