चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ फेल भएकाको रकम फिर्ता हुने « Khabarhub

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ फेल भएकाको रकम फिर्ता हुने


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी शैक्षिक शत्रका लागि चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि फारम भरिसकेपछि १२ कक्षा फेल भएका विद्यार्थीले शुल्क फिर्ता पाउने भएका छन् ।

आयोगले भदौ १ गतेदेखि ५ गतेसम्म प्रवेश परीक्षाको मिति तोकेको अवस्थामा प्रवेश परीक्षाको फारम भरेर १२ कक्षा अनुत्तीर्ण विद्यार्थीको रकम फिर्ता हुने शिक्षा मन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

परीक्षाका लागि आवेदन दिइसकेर कक्षा १२ पास नभएका विद्यार्थीहरूको विषयमा विवाद भइरहेहका बेला शिक्षामन्त्री भट्टराईले यस्तो निर्णय लिएकी हुन् ।

‘चिकित्सा शिक्षा आयाोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेड (एनजी) मा परेका विद्यार्थीले फाराम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउॅंछु’, उनले बुधबार भनेकी छन् ।

यस पटक आयोगले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि आवेदन खुलाएको थियो । आयोगले एकीकृत प्रवेश परीक्षाका लागि गत जेठ २८ गते नै आवेदन मागेको थियो । आवेदन दिने मिति असार १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर २५ गतेसम्म तोकिएको थियो ।

कक्षा १२ को परीक्षा दिएको प्रवेश पत्रका आधारमा आवेदन दिन सकिने नियम यसपटक लागू गरिएको थियो । कक्षा १२ को नतिजा नआए पनि प्रवेश परीक्षा हुने उल्लेख थियो । परीक्षाको नतिजा कक्षा १२ को आएपछि मात्रै सार्वजनिक गर्ने आयोगले जनाएको थियो ।

एकीकृत प्रवेश परीक्षा आउनु केही दिन बाँकी रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन निकालेको थियो । १२ मा अनुतीर्ण (एनजी) भएकालाई परीक्षामा सामेल नगराउने निर्णय आयोगले गरिसकेको अवस्थामा अब उनीहरूले प्रवेश परीक्षाका लागि तिरेको शुल्क फिर्ता हुने भएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १२ : ११ बजे

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको