सुडान युद्धविराम वार्ता स्विट्जरल्याण्डमा  « Khabarhub

सुडान युद्धविराम वार्ता स्विट्जरल्याण्डमा 


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

जेनेभासुडानी सरकार नरहने तयारी गरे पनि अमेरिकी मध्यस्थतामा रहेको सुडान युद्धविराम वार्ता स्विट्जरल्याण्डमा शुरु भएको छ ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले विनाशकारी द्वन्द्वबाट तहसनहस भएका सुडानका जनताले अब पर्खन नसक्ने भन्दै वार्ता अघि बढ्ने बताए । 

सन् २०२३ को अप्रिलदेखि सुडानका वास्तविक शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध चलिरहेको छ ।

आरएसएफको प्रतिनिधिमण्डल अज्ञात स्थानमा बन्द कोठामा हुने वार्ताका लागि स्विट्जरल्याण्डमा छ तर सरकार निकट सुडानी सशस्त्र बल (एसएएफ) ले निमन्त्रणा स्वीकार गरेको छैन ।

१० दिनसम्म चल्ने उक्त वार्ताका लागि साउदी अरब र स्विट्जरल्याण्डले संयुक्त रूपमा मध्यस्थता गरेका छन् भने अफ्रिकी सङ्घ, इजिप्ट, संयुक्त अरब इमिरेट्स र संयुक्त राष्ट्रसङ्घ पर्यवेक्षकका रूपमा उपस्थित छन् ।

सुडानमा चलिरहेको हिंसात्मक द्वन्द्वले संसारकै सबैभन्दा खराबमध्ये एक मानिएको मानवीय संकट निम्त्याएको छ ।

यस द्वन्द्वका कारण हरेक  पाँच सुडानीमध्ये एक जना आफ्नो घर छोड्न बाध्य भएका छन् भने दशौं हजारको मृत्यु भइसकेको छ । देशभरका दुई करोड ५० लाखभन्दा बढी अर्थात् आधाभन्दा बढी जनसङ्ख्या भोकमरीको चपेटामा परेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  २ : २२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।