युक्रेनी गतिविधिका कारण रूसको बेलगोरोड क्षेत्रमा संकटकाल घोषणा « Khabarhub

युक्रेनी गतिविधिका कारण रूसको बेलगोरोड क्षेत्रमा संकटकाल घोषणा


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै  क्षेत्रीय संकटकाल  घोषणा गरेको छ । 

अधिकारीहरूले आपतकालीन स्थितिलाई संघीय स्तरमासमेत बढाउने विचार गरिरहेको  यस क्षेत्रका संकटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिएका हुन् ।  

उनका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ । युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथै नागरिकको मृत्यु तथा घाइते भएका छन् ।  

जनतालाई थप सुरक्षा प्रदान गरी प्रभावितहरूलाई थप सहयोग प्रदान गर्न आजदेखि सम्पूर्ण बेलगोरोड क्षेत्रमा संकटकालीन अवस्था घोषणा गरिएको छ, टेलिग्राममार्फत् जारी विज्ञप्तिमा उनले भने । 

क्षेत्रीय सरकारले संघीयस्तरमा संकटको घोषणाका लागि अनुरोध गर्न संघीय आयोग समक्ष चाँडै अपिल गर्ने तयारीसमेत गरिरहेको गभर्नर ग्लेडकोभले बताए । 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : १३ बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन

नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण