युक्रेनी गतिविधिका कारण रूसको बेलगोरोड क्षेत्रमा संकटकाल घोषणा « Khabarhub

युक्रेनी गतिविधिका कारण रूसको बेलगोरोड क्षेत्रमा संकटकाल घोषणा


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै  क्षेत्रीय संकटकाल  घोषणा गरेको छ । 

अधिकारीहरूले आपतकालीन स्थितिलाई संघीय स्तरमासमेत बढाउने विचार गरिरहेको  यस क्षेत्रका संकटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिएका हुन् ।  

उनका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ । युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथै नागरिकको मृत्यु तथा घाइते भएका छन् ।  

जनतालाई थप सुरक्षा प्रदान गरी प्रभावितहरूलाई थप सहयोग प्रदान गर्न आजदेखि सम्पूर्ण बेलगोरोड क्षेत्रमा संकटकालीन अवस्था घोषणा गरिएको छ, टेलिग्राममार्फत् जारी विज्ञप्तिमा उनले भने । 

क्षेत्रीय सरकारले संघीयस्तरमा संकटको घोषणाका लागि अनुरोध गर्न संघीय आयोग समक्ष चाँडै अपिल गर्ने तयारीसमेत गरिरहेको गभर्नर ग्लेडकोभले बताए । 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : १३ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका