माओवादी आक्रमण सम्झिँदै लिङ्देनले भने- यो मेरो अतिरिक्त जिन्दगी हो « Khabarhub

माओवादी आक्रमण सम्झिँदै लिङ्देनले भने- यो मेरो अतिरिक्त जिन्दगी हो


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेकपा माओवादीले गरेको सशस्त्र विद्रोहका बेला आफूमाथिको आक्रमण स्मरण गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लिङ्देनले विगतको घटना स्मरण गरेका हुन् ।

पूर्व उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनले माओवादीले आफूमाथि गरेको आक्रमण सम्झिँदै बिनाकारण राज्य र विद्रोही पक्षबाट दु:ख पाउने रहेको भन्दै उनीहरूको मुद्दा पनि विधेयकले समेट्नुपर्ने बताए ।

‘मेरो कोही कसैसँग आग्रह पूर्वाग्रह छैन, मैले पहिले पनि भनेको छु त्यो द्वन्द्वमा म सेना बनेको थिइनँ । सरकारको मान्छे पनि होइन । तर, म विद्रोही पक्षको आक्रमणमा परेँ’, उनले भने, ‘आक्रमणमा परेको मात्रै होइन, म आज जसरी यहाँ उभिएको छु, त्यो अतिरिक्त जिन्दगी हो ।’

लिङ्देनले देशले फेरि यस्तो द्वन्द्व भोग्न नसक्ने भन्दै यसतो घटना नदोहोरिनका लागि कामना गरे ।

‘त्यो द्वन्द्व कसका लागि भयो र कसका कारण भयो प्रष्ट पारिनुपर्छ । जसले द्वन्द्वको नेतृत्व गर्यो, उसले जनयुद्ध भने हुन्छ । कसैले सशस्त्र विद्रोह, कसैले हिंसात्मक विद्रोह भने पनि हुन्छ’, उनले भने ‘तर, हामीले यसप्रकारको द्वन्द्व अब कहिल्यै नदोहोरिओस् भन्नुपर्छ । यसमा जो प्रत्यक्ष सामेल थिएनन्, उनीहरू धेरै पीडित भए। उहाँहरूले न्याय पाउनुपर्ने विषयमा आवाज उठाएका छैनौँ ।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : ०९ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १