फेसबुकबाट चरित्र हत्या गरिएको भन्दै उपप्रमुख डंगोलले गुहारिन् साइबर ब्यूरो « Khabarhub

फेसबुकबाट चरित्र हत्या गरिएको भन्दै उपप्रमुख डंगोलले गुहारिन् साइबर ब्यूरो


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका अनाधिकृत फेसबुक पेज हटाएर त्यसका प्रयोगकर्तालाई कारबाही माग गरेकी छन् ।

उनले नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेख्दै आफ्नो चरित्र हत्या भएको बताएकी हुन् ।

यसअघि त्यस्ता पेज बन्द गर्न आग्रह गरे पनि कार्यान्यवन हुन नसकेको उनले बताएकी छन् । ती पेजमा विभिन्न खाले र विवादित सामाग्री प्रकाशन भइरहेको पनि उनले जनाएकी छन् ।

‘गत जेठ १३ र असार २५ गते केही फेसबुक पेज बन्द गर्न पत्राचार गरिएको थियो । तर अहिले पनि ती फेसबुक पेजहरू प्रयोगमै रहेको पाइयो’, डंगोलको सचिवालयले भनेको छ, ‘एआई प्रविधिबाट फोटो-भिडियो एनिमेशन गरी सामाजिक सञ्जालमा हालेर चरित्रहत्यासम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरियोस् । ती भिडियो, फोटो तथा समाचार हाटाइदिन र त्यस्ता गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन अनुरोध छ।’
उपप्रमुख डंगोलले पनि अनधिकृत पेजहरूमार्फत महिलाको चरित्रहत्या, समाजमा विद्वेष फैलाउने जस्ता गलत गतिविधि भइरहेकाले निगरानी गरी बन्द गराउन आग्रह गरिएको बताइन् ।

उनले स्वयम् आफू पनि त्यस्ता गतिविधिका कारण पीडित भएको बताएकी छन् । अवाञ्छित गतिविधिमा निगरानी गर्न, रोक लगाउन र कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : ५८ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर