एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भाद्र २८ गते « Khabarhub

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भाद्र २८ गते


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भाद्र २८ गते आयोजना हुने भएको छ । 

मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २१ औं संस्करणको स्पोर्ट्स अवार्ड भाद्र २८ गते आयोजना हुने जनाएको हो । वर्ष अवार्डमा १० विधा समावेश गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।

वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने मञ्चले नजाएको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन भने केही दिनमै सार्वजनिक गरिने महासचिव ओलीले बताए ।

स्पोर्ट्स अवार्ड कार्यक्रमलाई पूर्वसन्ध्यांमा एआईपीएस एसिया पनि आयोजना गर्न लागेको मञ्चले जनाएको छ । २५ देखि २८ सम्म हुने कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरूको उपस्थिति हुने मञ्चका‌ अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पल्सर नेपाल र मञ्चबीच अवार्डको‌ मुख्य प्रायोजनको‌ सम्झौता भएको थियो । सम्झौतामा गोच्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र मञ्चका‌ अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका थिए । 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : २४ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा