राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस « Khabarhub

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगले आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष डा विजयकुमार दत्तले राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।    

आयोगले पीडितलाई न्याय दिलाउन वार्षिक रुपमा प्राप्त भएका उजुरीहरूको आवश्यक छानबिन तथा तकहितका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाएको छ । त्यस अवधिमा ५८ वटा उजुरी तथा गुनासा प्राप्त प्रतिवेदनमा उल्लेख छ ।

मधेसी समुदायको हकहितको संरक्षण, प्रवर्द्धन र मधेसी समुदायको सशक्तिकरणको लागि स्थापित आयोगलाई मधेसी समुदायका अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी संकलन गरी आयोगको ऐनअनुसार छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने कानुनी जिम्मेवारी छ ।

आयोगद्वारा सिफारिस भएका मुख्य विषयमा पहिचानभित्रको पहिचान, बैंकिङ लगानी विपन्नमैत्री, निजामती सेवामा प्राविधिकीकरण, सखडेश्वरी भगवतीलाई विश्व सम्पदामा सूचीकृत गर्न, धार्मिक द्वन्द्वको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक समिति गठन र मुलुकभित्र विभिन्न धार्मिक कार्यका लागि आउने रकम एकद्वार प्रणालीबाट गरिएको पहललगायत छन् । 

सीमा व्यवस्थापन, पर्यावरण न्याय, मूर्त तथा अमूर्त प्राकृतिक सम्पदा, निरपेक्ष गरिबीको रेखामुनि रहेकाको वास्तविक पहिचान, सामाजिक सुरक्षा भत्ता, प्राकृतिक पर्यटन, मातृभाषा दशक, लोकनायकलाई सूचीकृत गर्न, नैतिक शिक्षाको उपयोग, शिक्षामा एकद्वार प्रणाली, चुरे संरक्षण, जनककालीन दरबार, हुलाकी राजमार्ग निर्माणलगायत रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : २५ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ