सहकारी प्रकरण : छानबिन समितिलाई बाबुराम भट्टराईले दिए सुझाव « Khabarhub

सहकारी प्रकरण : छानबिन समितिलाई बाबुराम भट्टराईले दिए सुझाव


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल समाजवादी पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिसमक्ष पार्टीको लिखित सुझाव प्रस्तुत गरेका छन् ।

बुधबार भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले समितिको बैठकमा उक्त सुझाव प्रस्तुत गरेको समिति सभापति सुर्य थापाले जानकारी दिए ।

समितिले आजको बैठकमा प्राइम बहुउद्देश्यीय सहकारी संस्था, पोखराका अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत(सिइयो) सुरेन्द्रमणि पौडेललाई कास्की कारागारबाट उपस्थित गराइ बयान लिएको थियो ।

त्यस्तै बलिदानी बचत तथा ऋण सहकारी संस्था, पोखरा, सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था,ललितपुरका अध्यक्ष अजय श्रेष्ठ र रमण पौडेललाई कास्की कारागारबाट बैठकमा उपस्थीत गराई बयान लिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ९ : ५४ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण