सुनका गहना किन्ने बहानामा चोरी, दुई जना पक्राउ « Khabarhub

सुनका गहना किन्ने बहानामा चोरी, दुई जना पक्राउ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको न्यूरोडबाट सुनका गहना चोरी गर्ने र चोरीका सुन खरिद गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।

गहना चोरी गर्ने ललितपुरकी लिना नकर्मी र खरिद गर्ने भारत घर भई न्यूरोडमा सुन व्यवसाय गर्दै आएका चित्र रञ्जन हजारालाई पक्राउगरी कारबाही थालिएको काठमाडौंको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

काठमाडौं न्यूरोडमा यही साउन २५ गते नारायण ज्वेलर्सबाट तीन महिला सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री चोरेर फरार भएकी थिइन् । उक्त विषयमा अनुसन्धान गर्दा चोरीमा संलग्न लिना नकर्मीलाई यही साउन २९ गते ललितपुरको पुलचोकबाट पक्राउ परिएको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उनले चोरी गरेका सुनका गरगहना न्यूरोडमा रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुल्न आएपछि सञ्चालक हजारालाई पनि पक्राउ गरिएको आचार्यले बताए । दुवैै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै प्रहरी वृत्त जनसेवा काठमाडौँमा पठाइएको छ ।

नकर्मीले पहिले पनि चोरी गरेको अन्दाजी १७ ग्रामको सुनको सिक्री सोही ज्वेलर्सलाई बिक्री गरेको खुल्न आएको छ । त्यस्तै उनको साथबाट आधिकारिकता पुष्टि हुन नसकेको अन्दाजी दुई तोला बराबरको सुनको सिक्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : ४३ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि