क्लब र दोहोरी साँझबाट सात बालिकाको उद्धार « Khabarhub

क्लब र दोहोरी साँझबाट सात बालिकाको उद्धार


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पर्यटकीय राजधानी पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकालाई आज उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपाल संस्थाको संयुक्त टोलीले ती बालिकालाई उद्धार गरेको हो ।

पोखरा महानगरपालिका–९ क्लब डिबाट तीन, पोखरा–८ स्थित गाउँसहर दोहोरी साँझबाट दुई र सोही स्थानमा रहेको साइनो दोहोरी साँझबाट दुई बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासनले पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका बालिकालाई उद्धार गर्दै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : ५६ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित