सहकारीबारे प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय छानबिन समिति | Khabarhub Khabarhub

सहकारीबारे प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय छानबिन समिति


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै छ । समितिले शनिबार ५ बजे प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेको हो । 

प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै प्रतिवेदनलाई पूर्णता दिने समितिको तयारी रहेको छ । समितिले यस अघि शुक्रबार मात्र गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगी गरेर फरार व्यक्तिहरूको खोजबिन बारे भएको प्रगति बारे जानकारी लिएको थियो । 

विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ ।

समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरूसँग बयान लिने काम सकिसकेको छ । गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ३ : १० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग