यी हुन् एनपीएलको आठ टीमका मार्की खेलाडी | Khabarhub Khabarhub

यी हुन् एनपीएलको आठ टीमका मार्की खेलाडी


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ ।

जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसैगरी मार्की खेलाडी  कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसीफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् ।  त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।   

क्यानले एक कार्यक्रमको आयोजना गरेर लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाएको हो ।

मार्की खेलाडी तीन वर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ ।

एनपीएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुने तालिका छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ३ : ३३ बजे

उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय

कृषकको उत्पादन क्षमता अभिवृद्धिमा पहल गरिदिन देउवालाई आग्रह 

धनगढी– कैलालीको चुरे गाउँपालिकाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग स्थानीय कृषकको उत्पादन

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन

धनुषा– मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन

इच्छुमती नदी सफाइमा महानगरको तीव्रता

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको

नमोबुद्ध जात्रा : बौद्ध धर्मावलम्बीको ‘पितृ’ सम्झने मेला

काभ्रे– कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा