सुडानका महिला तथा बालबालिकालाई विशेष सुरक्षा आवश्यक : राष्ट्रसङ्घ « Khabarhub

सुडानका महिला तथा बालबालिकालाई विशेष सुरक्षा आवश्यक : राष्ट्रसङ्घ


२९ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मुलुकमा व्याप्त गृहयुद्धबाट ग्रसित सुडानी महिला तथा बालबालीका खाना, पानी र सुरक्षाका लगायतका आधारभूत आवश्यकताबाट वञ्चित रहेकाले उनीहरूलाई विशेष सुरक्षाको आवश्यकता रहेको राष्ट्रसङ्घका अधिकारीले बताएका छन् ।

सुडानमा चलिरहेको द्वन्द्व मानवता विरोधी द्वन्द्वको भयानक स्वरुप भएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषकी क्षेत्रीय निर्देशक लैला बेकरले बताए ।

उनले द्वन्द्वग्रस्त क्षेत्रमा सफा पानी , स्वच्छता तथा खानाका लागि पर्याप्त खाना र चिकित्सा सेवा अभाव रहेको बताएका छन् ।   सुडानमा चलेको १६ महिना भन्दा बढीको युद्धले दशौं हजार मानिसहरूको ज्यान लिनुका साथै एक करोड भन्दा बढीलाई विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 

सुडानी महिला तथा बालबालिकाहरूले द्वन्द्वसँगै शारीरिक तथा मानसिक हिंसा भोग्न बाध्य रहेको उल्लेख गर्दै उनले उनीहरूलाई सहज जीवनयापनको लागि विशेष सहयोगको आवश्यकता रहेको जनाएका छन् ।

बेकरले सहायताका लागि थप समर्थनको आह्वान गर्दै  बच्चाहरु एकै पटकमा  दुईतीन वटा सङ्क्रमणबाट ग्रसित भएकाले नियन्त्रणका लागि उपचारको व्यवस्था नभएको जनाएका छन् ।  

आफूले महिला तथा बालबालिकाको दुखद कथाहरू सुनेको बताउँदै उनले यी अनगिन्ती पीडाको बारेकमा खुलेर भन्न नसकिने उनीहरूलाई पानी, खाना लगायतका आधारभुत आवश्यकता भन्दा बढी सुरक्षा चाहिने बताए ।  

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  ५ : २८ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र