नारायण क्याम्पस स्ववियुमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी « Khabarhub

नारायण क्याम्पस स्ववियुमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी


२९ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।

शुक्रबार भएको निर्वाचनमा अनेरास्ववियुविरुद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा  एकीकृत समाजवादी , विप्लनिकट नेकपा र राप्रपानिकट विद्यार्थी संगठनहरुले गठबन्धन बनाएका थिए ।

शनिबार सम्पन्न मतगणनामा चार दलीय गठबन्धनलाई पछि पार्दै अनेरास्ववियुका हिमबहादुर बस्नेत ६ मतको अन्तरमा सभापति निर्वाचित भएका हुन् । उनले १६६ मत पाएर सभापति बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेविसंघका उम्मेदवार विष्णु प्रसाद कोइरालाले १५७ मत पाएका छन् ।

त्यस्तै सचिवमा पनि अनेरास्ववियुका फिलिप सिंह १९२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा  एकीकृत समाजवादी निकट अनेरास्ववियुका टेकराज बुढाले १२७ मत पाएका छन् ।

स्ववियुको कोषाध्यक्षमा अनेरास्ववियुकी शुष्मा शाही १७२ मतसहित बिजयी भएकी छन् भने प्रतिस्पर्धी गठबन्धनबाट अखिल क्रान्तिकारीका उम्मेदवार भुवन प्रसाद पाण्डेले १४१ मत पाए ।

 

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  ६ : २६ बजे

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र  सबै

प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य

बागलुङ– जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र

आरुघाटमा नेपाली सेनाबाट बेलिब्रिज निर्माण (तस्बिर)

गोरखा– गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा

चितवनमा माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य

मधेस सरकार गठनबारे दलहरुबीच संवाद भइरहेको छ : प्रचण्ड

महोत्तरी– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले