इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण « Khabarhub

इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तेहरान – लामो समयदेखि पश्चिमा आलोचना खेप्दै आएको एयरोस्पेस कार्यक्रमका लागि इरानले शनिबार नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको छ।

“चाम्रन–१ अनुसन्धान उपग्रहलाई गाएम–१०० रकेटले सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको छ,” राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

करिब ६० किलोग्राम (१३२ पाउण्ड) तौल भएको उक्त स्याटेलाइटलाई कक्षीय प्रविधिका लागि हार्डवेयर र सफ्टवेयर प्रणालीको परीक्षण गर्न डिजाइन गरिएको समाचारमा जनाइएको छ । रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन बनाई र निर्माण गरेको सरकारी टेलिभिजनले जनाएको छ ।

संयुक्त राज्य अमेरिकालगायत पश्चिमा सरकारहरूले इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् र यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका लागि प्रयोग गर्न सकिने बताउँदै आएका छन्।

इरानले आणविक अस्त्रको खोजी नगरेको र आफ्नो स्याटेलाइट र रकेट प्रक्षेपण नागरिक वा प्रतिरक्षा प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ । इरानको रिभोल्युसनरी गार्ड कोप्र्सको अन्तरीक्ष हेर्ने सङ्गठनले गाएम–१०० रकेटको निर्माण गरेको हो ।

यो क्यारियर देशको पहिलो र तीन तहको ठोस–ईन्धन उपग्रह प्रक्षेपक हो । इरानी सरकारी सञ्चारमाध्यमले जनवरीमा ५०० किलोमिटर भन्दा माथिको कक्षमा पहिलो पटक उपग्रह पठाउनको लागि यसको प्रयोग गरेको जनाएका छन् ।

इरानले वर्षौंदेखि आफ्नो अन्त्रिक्ष गतिविधिलाई शान्तिपूर्ण र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावअनुसार रहेको बताउँदै आएको छ । गत फेब्रुअरीमा रूसले इरानी रिमोट सेन्सिङ र इमेजिङ स्याटेलाइटलाई अन्तरिक्षमा पठाएको थियो।

त्यतिबेला इरानका सञ्चारमन्त्रीले विगत दुई वर्षमा इरानले एक दर्जन स्याटेलाइट प्रक्षेपण गरिसकेको बताएका थिए । गार्ड्सले एउटा अनुसन्धान उपग्रह प्रक्षेपण गरेको करिब एक हप्तापछि जनवरीमा इरानले एकैपटक तीन वटा उपग्रहलाई कक्षमा पठाएको बताएको थियो।

इस्लामिक गणतन्त्र इरानले विगतमा धेरै उपग्रह प्रक्षेपण विफलताहरूको सामना गर्नुपरेको छ। सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले तेहरान र प्रमुख शक्तिराष्ट्रहरूबीच भएको ऐतिहासिक आणविक सम्झौतालाई एकतर्फी रूपमा त्यागेपछि इरानले वर्षौंदेखि पश्चिमा प्रतिबन्धहरूको सामना गर्दै आएको छ।

युक्रेनमा प्रयोगका लागि रूसलाई ब्यालेस्टिक क्षेप्यास्त्र आपूर्ति गरेको आरोपमा इरानले बिहीबार युरोपका चार राजदूतसँग स्पष्टीकरण मागेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ८ : २१ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई