गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु « Khabarhub

गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिन सडकमा आज सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश ०१–०२३ च ५५१९ नंको ‘पिकअप गाडी’लाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नंको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करपछि अनियन्त्रित भएको गाडीले साइकललाई ठक्कर दिएको रिजालले जानकारी दिए।

ठक्करबाट घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ८ : ४१ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज